+
+
Shares

नयाँ सरकार गठन र संसद् विघटनबारे के छ कांग्रेसको प्रतिक्रिया ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते २०:३२

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले संविधान रक्षाका लागि उभिरहने जनाएको  छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले संविधानविरुद्ध हुने कार्यको भने गम्भीर प्रश्न गरिरहने बताए ।

‘राष्ट्रपति संस्थाको रक्षा, शान्ति, व्यवस्थाको कायम, ध्वस्त भएका संरचनाको पुन: निर्माण, दोषीहरूमाथि छानबिन, दोषीलाई कारबाही, उच्चस्तरीय आयोग बनाएर सम्पत्ति छानबिन, निर्वाचन लगायतमा हाम्रो समर्थन हुन्छ,’ महामन्त्री शर्माले भने, ‘संविधान उल्लंघन गर्ने काम भयो भने गम्भीर प्रश्न रहन्छ ।’

पछिल्लो घटनाक्रमबारे निर्णय लिन कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

शर्माले पदाधिकारीहरू प्रत्यक्ष सम्पर्कमा रहेको र सल्लाह परामर्श भइरहेको बताए । पार्टी एकताबद्ध रहेको पनि उनले बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । संसद् विघटन गर्नुपर्ने कार्कीको अडान थियो ।

स्रोतका अनुसार कार्की प्रधानमन्त्री पदको शपथ लिएपछि मन्त्रिपरिषद् बैठक बस्ने र संसद् विघटन गर्ने गरी सहमति बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?