+
+

कर्णालीमाथि बागमतीको संघर्षपूर्ण जित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १७:१८

१४ मंसिर, काठमाडौं । वाईवाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार बागमती प्रदेशले कर्णाली प्रदेशमाथि १ विकेटको संघर्षपूर्ण जित निकालेको छ ।

मूलपानी मैदानमा भएको खेलमा कर्णालीले दिएको ७९ रनको सामान्य लक्ष्य बागमतीले १९.५ ओभरमा पूरा गर्न ९ विकेट खर्चनुपर्‍यो ।

प्रतियोगितामा बागमतीको यो दोस्रो जित हो । ५ खेलबाट बागमतीले ४ अंक जोडेको छ । उता पाँच खेल खेल्दा चार खेलमा हार बेहोरेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ ।

बागमतीको जितमा विवेक मगरले सर्वाधिक १८ रन बनाउँदा क्रिस कार्कीले १२ तथा उत्तम मगरले ११ रन जोडे । गौतम केसीले छक्का प्रहार गर्दै बागमतीलाई जित दिलाएका थिए । उनले ३ बल खेल्दै अविजित ७ रन जोडे ।

कर्णालीका अनुज चुनाराले सर्वाधिक ५ विकेट लिएपनि जितका लागि पर्याप्त भएन । प्रकाश जैसी, सुवास ऐयर र युनिस सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २७.१ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि कप्तान निश्चल रावलले सर्वाधिक १५ रन बनाउँदा सन्दीप शाहीले १४, विपिन रावलले १२ र रुपक दाहालले १० जोडे ।

कर्णालीलाई अलआउट गर्न बागमतीका गौतम केसीले सर्वाधिक ४ विकेट लिए । यस्तै विशाल यादवले ३, क्रिस कार्कीले २ र विपुल खनालले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?