+
+

महाधिवेशनको नाममा चुनावको तयारी भइरहेको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १७:३०

१४ मंसिर, बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आगामी आम निर्वाचनको तयारीमा लागेको बताएका छन् ।

पार्टीका रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडेको श्रद्धाञ्जली सभालाई बुटवलमा सम्बोधन गर्दै प्रचण्डले मुलुक चुनावतिर जान लागेको र आफ्नो पार्टीले पनि त्यसको तयारी गरेको बताए ।

उनले सबै पार्टीहरुले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको बताए । उनले चुनाव धाँधलीरहित, विश्वसनीय र सबैको पहुँचमा हुनुपर्ने धारणा राखे । ‘चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरूरी छ’ प्रचण्डले भने ।

उनले मुलुक समाजवाद उन्मुख भइसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबीच सहकार्य जरूरी रहेको बताए ।

स्वर्गीय नेता बन्जाडे सधै पार्टीप्रति वफादार र साधारण जीवनशैलीका व्यक्ति भएको भन्दै उनको जीवनशैलीबाट कार्यकर्ताले सिक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?