+
+

महोत्तरीबाट लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १७:४२

१४ मंसिर, जनकपुरधाम। महोत्तरीबाट लागूऔषधसहित एक जना १३ वर्षीय बालक पक्राउ परेका छन् ।

भारतबाट लागूऔषध लिएर नेपालतर्फ आउने क्रममा ती बालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज.१ ह.२९७८ नम्बरको अटो रिक्सालाई रोकेर औरही नगरपालिका-४ कठुधारमा रोकेर चेक जाँच गर्ने क्रममा त्यसमा सबार सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १३ बर्षीय बालकको साथबाट लागूऔषध बरामद भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

बालकले कम्मरमा लगाएको बेल्टभित्र कालो प्लाष्टिकमा लुकाइ छिपाइ राखेको नाइट्रोभेट–१० लेखिएको ६० थान र स्पास्मो प्रोक्सिभोन १६ थान बरामद भएको उनले बताए । लागूऔषधसहित फेला परेका बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?