+
+

कोभिड-१९ राहत कोषबाट पैसा निकालेर महँगा कार र घडी !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १६:०२

१५ मंसिर, काठमाडौं। अमेरिकामा कोभिड-१९ महामारीका बेला सुरु गरिएको राहत कोषबाट ऋण निकालेर महँगा कार र घडी किनेका एक व्यक्तिलाई ९ वर्षको जेल सजाय सुनाइएको छ ।

ह्युस्टनका ३० वर्षीय ली प्राइसलाई कोभिड राहत कोषबाट निकालेको रकमबाट कार तथा घडी किनेको र घर कर्जा तिरेको भन्दै ९ वर्ष जेल सजाय सुनाइएको न्याय मन्त्रालयले जानकारी गराएको हो ।

नक्कली निवेदन पेश गरेर जालसाजी र सम्पत्ति शुद्धीकरणमा संलग्न भएको अभियोगमा लीलाई ९ वर्षको जेल सजायँ सुनाइएको समाचारमा उल्लेख छ । उनले सेप्टेम्बरमा नै आफूमाथि लागेका आरोप स्वीकारेका थिए ।

मन्त्रालयका अनुसार लीले पेचेक प्रोटेक्सन प्रोग्राम (पीपीपी) नामक कोभिड राहत कोषबाट जालसाजी गरेर पैसा निकालेका थिए । उनले ३ वटा साना व्यवसायको नाममा दुई पटक ऋणका लागि निवेदन दिएका थिए । पीपीपीबाट २६ लाख अमेरिकी डलर ऋण लिने प्रयास गरेका उनले १६ लाख डलर लिकाल्न सफल भएको सीएनएनले जनाएको छ ।

पीपीपीसमक्ष ऋणका लागि २ पटक निवेदन दिएका लीले पहिलो निवेदनमा निर्माण कम्पनीका लागि ७ लाख ५२ हजार ४५२ डलर दिन अनुरोध गरेका थिए । त्यसक्रममा निवेदन दर्ता हुनु अघि नै निधन भएका ओहायोका एक व्यक्तिको तर्फबाट उक्त रकम बराबरको ऋण माग गरेका थिए ।

पहिलो निवेदनमा लीले निर्माण कम्पनीमा ३० जना स्टाफ रहेको र औसत मासिक तलब खर्च ३ लाख ९८१ डलर हुने पनि दाबी गरेका थिए । तर अदालतको कागजातमा न कुनै कर्मचारी भएको न तलब नै दिइने गरेको उल्लेख छ । न्याय मन्त्रालयका अनुसार उनले निवेदनसँगै करसम्बन्धी नक्कली कागजात र चालक अनुमतिपत्र पनि पेश गरेका थिए ।

लीले मे ३ गते कोभिड कोषबाट पैसा निकालेर १८ दिनपछि ८५ हजार डलरमा फोर्ड एफ-३५० कार किनेका थिए । त्यस्तै, उनले दोस्रो निवेदनमा अर्को कम्पनीको नाममा ९ लाख ३७ हजार ५ सय डलर ऋण माग गरेका थिए । कम्पनीमा ५० जना कर्मचारी रहेको र तलबबापत् मासिक ३ लाख ७५ हजार खर्च हुने झूटो दाबी पनि गरेका थिए ।

दोस्रो निवेदन अनुमोदन भएपछि लीले जुन २३ गते ऋण रकम बुझेका थिए । उनले ३ दिनपछि १४ हजार ३४३ डलरमा रोलेक्स खडी किनेका र अर्को दिन २ लाख ३३ हजार ३३७ डलरमा ल्याम्बोर्गिनी कार किनेका थिए ।धिकारीहरूले उनीसँग बाँकी रहेको ७ लाखभन्दा बढी डलर रकम जफत गरेका छन् । अदालतले दुईटा कार र रोलेक्स घडी फिर्ता गर्न पनि भनेको छ ।

स्मरणीय रहोस्, कोभिड-१९ महामारीका बेला साना व्यवसाय सञ्चालन गरी कामदारको रोजगार सुनिश्चित गर्न भन्दै अमेरिमामा पीपीपी ऋण कार्यक्रम लागू गरिएको थियो । तर उक्त कार्यक्रम यही मे ३१ मा अन्त्य भएको छ । सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?