
१६ मंसिर, काठमाडौं । आमिर खान र उनकी पूर्वपत्नी किरण रावले आफ्ना छोरा आजादको जन्मदिन सँगै मनाएका छन् । आजादको १०औं जन्मदिन मनाएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा आमा-बुवाको साथमा बसेर आजादले केट काटिरहेका छन् भने आमिरका जेठा छोरा जुनैद पनि साथमा देखिन्छन् । आमिर र किरणको यो भिडियोमाथि प्रशंसकहरुले थुप्रै कमेन्ट गरेका छन् ।
स्मरण रहोस्, यसै वर्षको जुलाईमा आमिर र किरणले सम्बन्ध विच्छेद गरेका थिए । तर, पनि उनीहरु आफ्ना सन्तानका लागि बेलाबेलामा सँगै उपस्थित हुन्छन् ।
बलिउडका मिस्टर पर्फेक्सनिस्ट भनेर चिनिने आमिर खानको आगामी चलचित्र ‘लालसिंह चड्डा’ आउँदैछ । यो चलचित्र हलिउड चलचित्र ‘द फरेस्ट गम्प’को रिमेक हो । यो चलचित्रमा आमिरका साथमा करिना कपूरको मुख्य भूमिका रहेको छ ।
View this post on Instagram
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4