+
+

एक वर्षमा ३ जनामाथि गैरकानुनी सम्पत्तिको मुद्दा, २१ जनालाई मुद्दा नचल्ने (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १७:५१

१६ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा ३ वटा भ्रष्टाचार मुद्दा दायर गर्‍यो ।

आयोगले २०७६/७७ को अवधिमा २१ वटा फाइलमाथि अनुसन्धान सकेर मुद्दा नचल्ने निर्णय गरी तामेलीमा पठाएको छ । भ्रष्टाचारको आरोपमा मुद्दा दायर गर्न प्रमाण नभेटिएमा फाइल तामेलीमा राख्ने गरिन्छ ।

अख्तियारले गतवर्ष भदौ र असोजमा गैरकानूनी सम्पत्ति आर्जनका तीनवटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । एउटामा सिनियर डिभिजनल इञ्जिनियर(सीडीई) काशीप्रसाद गुप्ता सहित १३ जनाविरुद्ध १६ करोड ७२ लाख रुपयाँ विगो मागदावी गरिएको छ ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. बलभद्रप्रसाद दास विरुद्ध ७ करोड ७१ लाख रुपैयाँ विगो मागदावी सहित अर्को मुद्दा विशेष अदालतमा दर्ता गरिएको छ । सिनियर डिभिजनल इन्जिनियर सुरेशकुमार शर्मा विरुद्ध तीन करोड ६ लाख रुपैयाँ विगो मागदावी गरी तेस्रो मुद्दा दायर गरिएको छ ।

अख्तियारले यो अवधिमा २१ जना सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध परेको गैरकानूनी सम्पत्ति आर्जनको आरोपका फाइलहरु मुद्दा नचलाउने निर्णय गरी तामेलीमा राखेको छ ।

सशस्त्र प्रहरी बलका तत्कालिन महानिरीक्षक कोषराज वन्तदेखि कर फर्स्यौट आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत विरुद्धको फाइल तामेलीमा पठाएको हो ।

को कसको फाइल तामेलीमा  ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?