+
+

विद्यालयमा चोरी गरेको आरोपमा तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १९:०५

१६ मंसिर, धनगढी ।प्रहरीले कञ्चनपुरमा विद्यालयमा चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१३ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका प्रमुखको कक्ष र कम्प्युटर कक्षको ताला फुटाएर विभिन्न समान चोरी गरेको आरोपमा तीन जनालार्इं पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्क्राउ पर्नेमा भीमदत्त नगरपालिका‍-१३ पिपरिया बस्ने २० वर्षीय मोहित ठगुन्ना, २० वर्षकै महेन्द्र ठगुन्ना र २० कै शुभम भट्ट रहेका छन् ।

उनीहरुले विद्यालयको ताला फुटाएर ल्यापटप, प्रोजेक्टर, मनिटर, सीपीयू एक÷एक थान र दुई थान सीसीटीभी क्यामेराको डिभाइस पनि बरामद गरिएको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?