
१७ मंसिर, काठमाडौं। अपाङ्गता भएका बालबालिकाहरुले उपयुक्त अनुकुलता र सहयोगको अभावमा विद्यालय छाड्ने जोखिम रहेको सरोकारवालाहरुले बताएका छन् । ।
शुक्रबार अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शुक्रबार लू निभाः बाल सरोकार समूहको ‘राज्य पुनसंरचना पश्चात समावेशी शिक्षाको अवस्था विषयक राष्ट्रिय संवाद’ कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन्।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा.वीरेन्द्रराज पोख्रेलले राज्यले व्याख्या गर्दा समावेशी र समावेशीकरण शिक्षामा अपाङ्गता भएका व्यक्तिलाई पनि एक साथ उल्लेख गर्नु पर्नेमा बताए । कार्यपत्र प्रस्तुत गर्ने क्रममा कोभिड-१९ का कारण अपाङ्गता भएका बालबालिका सिकाईबाट बन्चित हुनुपरेको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी बालबालिकाले अझै पनि सबै अपाङ्गता भएका बालबालिकाको पहुँचमा नेपालको शिक्षा नभएको बताए ।
स्नातक चौथो वर्षमा अध्ययनरत दृष्टिविहिन सुनिल थिङले समावेशी शिक्षा भनेर राज्यले निरन्तर भन्दै आइरहेपनि अधिकांश अपाङ्गता भएका बालबालिकाको पहुँचमा शिक्षा नभएको जिकिर गरे ।
उनले भने ‘अहिले पनि ग्रामीण क्षेत्रका विद्यालयहरुले अपाङ्गता भएका बालबालिकालाई भर्ना लिन मान्दैनन् । सदरमुकाम अथवा काठमाडौं जान सल्लाह दिने गरेका छन् ।’
केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०१४ मा प्रकाशन गरेको पपुलेसन मोनाग्राफ भोलुम २ अनुसार नेपालमा कुल जनसंख्याको ०.९९ प्रतिशत-९२ हजार १२ जना) ० देखि १४ वर्षसम्मका बालबालिका कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ ।
जसमध्ये शारीरिक अपाङ्गता ३६.१ प्रतिशत, दृष्टिविहीन १८.५ प्रतिशत, पूर्ण सुन्न नसक्ने १०.४ प्रतिशत, बोल्न नसक्ने १५.५ प्रतिश, बहु अपाङ्गता ९.५ प्रतिशत, सुस्त मनस्थिति ४(५३ प्रतिशत, बौद्घिक अपाङ्गता ४.३ प्रतिशत र दृष्टि–श्रवण अपाङ्गता १.६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4