+
+

जन्ती बाेकेको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १९:१८

१७ मंसिर, धनगढी। कञ्चनपुरमा जन्ती बोकेर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका तीनजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका लालझाडी गाउँपालिका-९ का ५५ वर्षीय रानि राना, ४३ वर्षीया रतना राना र ६५ वर्षीय द्रोपति रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।

उनका अनुसार दुर्घटनमा गम्भीर घाइते भएका रामप्रसाद चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार दिउँसो वेदकोट नगरपालिकाको दैजीबाट जन्ती बोकेर फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्याक्टर झलारीमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा चालकसहित १४ जना घाइते भएका थिए। उनीहरू मध्ये ८ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?