+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

साढे ११ करोड लागतमा फेरि उभियो काष्ठमण्डप

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते २०:१०

१७ चैत, काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक काष्ठमण्डपको पुनर्निर्माण सकिएको घोषणा भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको हो । स्थानीयबासीले भने अझै फिनिसिङको काम सकिन बाँकी दावी गरेका छन् ।

विसं २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको काष्ठमण्डप देशका विभिन्न स्थानहरुबाट ल्याइएका काठहरुबाट बनाइएको हो । समितिका अध्यक्ष तथा बाग्मती प्रदेशका सांसद राजेश शाक्यले एउटै रुखबाट काष्ठमण्डप बनाउने कुरा सम्भव नभएको बताए । अध्यक्ष शाक्यले अब चाँडै नै काष्ठमण्डपको उद्घाटन गर्ने मिति सार्वजनिक गर्ने पनि बताए ।

‘सबै काम सकिएको छ, पहिलेको बार मात्रै राख्न बाँकी छ, अब हामी यसको उद्घाटको पनि मिति तोक्छौं,’ उनले भने,’समुदायसँग मिलेर काष्ठमण्डप बनायौं, गारोमा थप थाम राखिएकोले सबल छ, नेपालको प्ा्रविधिले यो बनाउन सकेको ठूलो उदाहरण हो ।’

उनले चीन, कोरिया, जापानले मात्रै यस्तो संरचना बनाउन सक्छ भन्ने दावीलाई चिर्दै काम भएको उनको भनाइ छ ।

पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा अहिले काठबाहेक ढुङ्गा, माटो, इँटा, तामा लगायतका सामग्रीको प्रयोग गरिएको अध्यक्ष शाक्यले बताए । उनका अनुसार काष्ठमण्डपको बीचमा गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको छ ।

काष्ठमण्डप पुनर्निर्माणका लागि विभिन्न निकायबाट ११ करोड ५० लाख अनुदान प्राप्त भएकोमा करिव ११ करोड ३९ लाख खर्च भएको शाक्यले बताए । काठमाडौं महानगरपालिकाले बनाउन जिम्मा लिएपनि ठेकदारमार्फत बनाउन खोजिएपछि विवाद भएको थियो ।

स्थानीयले उपभोक्ता समितिमार्फत काम गराउन माग गरेपछि काष्ठमण्डप बनाउन पुनर्निर्माण समिति बनाएर काम शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?