
१९ मंसिर, काठमाडौं । बलिउड नायिका सारा अली खान र जान्हवी कपूरको मित्रता लोभलाग्दो छ । उनीहरु केही समय अगाडि एकसाथ केदारनाथ पुगेर फर्किए । यसले पनि उनीहरुको मित्रता कति आत्मीय छ भन्ने पुष्टि गर्छ ।
बलिउडमा एकसाथ प्रवेश गरेका यी दुईबीच प्रतिस्पर्धा रहेको खबर पनि बेलाबखत सार्वजनिक भइरहेका हुन्छन् । तर सारा र जान्हवीले भने आफूहरुबीच प्रतिस्पर्धा नभएको बताउँदै आएका छन् ।
साराले भनेकी छन्, ‘हामी दुई एकअर्काको कामलाई लिएर निक्कै नै आत्मविश्वासी छौं । यसैले त हाम्रो मित्रता बलियो बनेको छ । हुन त, हामी दुवै भविष्यको बलिउडको लिडिङ कलाकार हौं । तर, हामी एकअर्कासँग असुरक्षित महसुस गर्दैनौं ।’
साराले आफूहरु एउटै क्षेत्रमा भएर पनि एकअर्कासँग समय बिताउन मन पराउने बताइन् । ‘हाम्रो यही शैली मानिसहरुलाई अनौठो लाग्छ,’ उनले भनिन् ।
साराले आफू र जान्हवी फरक प्रकृतिको भएको पनि बताइन् । ‘मेरा आफ्नै साथीहरु छन्, जाहन्वीको पनि आफ्नै साथीहरु छन् । तर, हामी दुवै करिअरमा फोकस गर्ने युवती हौं ।’
साराले कोरोना महामारीका कारण आफू र जान्हवीको दुई वर्षको महत्वपूर्ण समय खेर गएको बताइन् । उनले भनिन्, हामी दुवै काम गर्ने समयमा छौं । तर, कोभिडका कारण दुई वर्ष त्यत्तिकै सकियो । हाम्रो यो भोगाइ कसैले महसुस गर्न सक्दैन ।’
प्रतिक्रिया 4