+
+
Shares

जुनिएर आइटिएफ वर्ल्ड टेनिस टुर दोस्रो सर्किट सोमबारदेखि

नेपालसहित ११ देशका खेलाडी सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १८:४७

१९ मंसिर, पोखरा। पोखरा रंगशालामा सोमबारदेखि जुनियर आइटिएफ वर्ल्ड टेनिस टुर सर्किट २ सुरु हुने भएको छ । रंगशालास्थित लन टेनिस कोर्टमा हुने प्रतियोगिता मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।

शनिबारमात्रै पोखरा रंगशालामा जुनियर आइटिएफ वर्ल्ड टेनिस टुर सकिएको थियो । उक्त खेलमा नेपालले महिलातर्फको व्यक्तिगत र सामूहिक तर्फ स्वर्णपदक जित हात पार्न सफल भएको थियो । पहिलो सर्किट सकिएसँग दोस्रो सुरु हुन लागेको हो ।

प्रतियोगितामा नेपालसहित ११ राष्ट्र सहभागी छन् । प्रतियोगितामा नेपालका २९ सहित कुल ८८ खेलाडीले व्यक्तिगत तथा सामूहिकतर्फ प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिता डाइरेक्टर अजय विष्टले नेपालका २९ सहित अमेरिकाबाट ६, बेल्जियम, ब्राजिल, इजरायल र रसियाबाट २÷२ खेलाडी, भारतबाट ४१ र हंगेरी, स्विडेन, पोल्यान्डबाट १÷१ जना खेलाडीको सहभागी हुने जानकारी दिए ।

सुरुमा प्रतियोगितामा १ सय ८० भन्दा बढी विदेशी खेलाडी सहभागी हुने भनिएपनि कोरोना महामारीका कारण धेरै राष्ट्रले अन्तिम समयमा आएर नाम फिर्ता लिएको जिल्ला टेनिस संघ, कास्की अध्यक्ष लोक बहादुर गुरुङले जानकारी दिए ।

दोस्रो सर्किटको व्यक्तिगत तथा सामूहिक तर्फका खेलाडीले विश्व टेनिस वारियताका लागि अंक जोड्ने मौका पाउने छन् भने स्वर्ण पदकसमेत प्राप्त गर्नेछन् ।

‘पर्यटनमा टेवा पुर्‍याउने खेल, वास्तै छैन’
टेनिसलाई महंगो खेलका रुपमा पनि चित्रण गरिन्छ । खेलका लागि विदेशी खेलाडी आफ्नो परिवारसहित पोखरा आएका छन् । यस खेलले पर्यटनलाई ठूलो टेवा पुर्‍याउन सक्ने भएपनि बेवास्तामा परेको पत्रकार सम्मेलनमा जिल्ला टेनिस संघ, कास्की अध्यक्ष गुरुङले दुखेसो पोखे ।

‘यहाँ खेलमात्रै भइरहेको छैन । यसले टेनिस खेलको विकाससँगै पोखराको पर्यटनमा समेत ठूलो टेवा पुग्नेमा २ मत छैन,’ गुरुङले भने, ‘तर, भविष्यमा नेपाललाई विश्वस्तरमा चिनाउने नेपाली उदीयमान खेलाडी समेत अभिभावकविहीन छन् ।’

विदेशी खेलाडी अभिभावकसहित सहभागी भएर आफ्ना सन्तानलाई साथ, समर्थन र हौसला दिइरहँदा भने प्रतियोगितामा कसैबाट सहयोग पनि नपाएको गुनासो गरे । उनले खेलाडी आफैं दर्शक बन्नु परेको सुनाए ।

‘हामीलाई आवश्यक सहयोग कसैको पनि छैन । विश्वका जुनियरमा पनि उत्कृष्ट खेलाडीहरुको मात्रा सहभागिता भएको यो खेलमा आफैं खेलाडी, आफैं दर्शक र आफैं सहयोग दातामात्रै छन्,’ उनले भने, ‘यसलाई हामीले राम्रो सुविधा दिन सक्यौं भने भावी दिनमा टेनिस हेर्न टिकट काटेर आउनेछन् ।’

गण्डकी प्रदेशका सदस्य सचिव तेज गुरुङले टेनिस खेललाई लोकप्रियता बनाउन आवश्यक रहेको बताए । नेपालमा अधिकांश सार्क राष्ट्रहरुबीचको मात्रै प्रतियोगिता हुँदै आउँदा टेनिसमा भने विश्वका विकसित मुलक देखिसमेत खेलाडी आएको सुनाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?