+
+

कालीकोटको पलाँतामा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १९:३२

काठमाडौं । नबिल बैंकले कालीकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । नबिल बैंकले पलाँता गाउँपालिकासँग दिगाे बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेकाे छ ।

नबिल बैंकका प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

स्थानीय स्तरमा विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य सम्झौतापत्रमा उल्लेख छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बमले नबिल बैंकको दिगाे बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा ब्यक्त गरे ।

नबिल दिगाे बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले कार्यक्रमबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?