+
+

कांग्रेस प्रदेश २ समितिको अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १२:५०

२० मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ समितिको अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने भएको छ ।

प्रदेशको महाधिवेशन बिहीबार नै उद्घाटन भए पनि निर्वाचन प्रक्रियाका लागि सोमबारसम्मै प्रतीक्षा गरिएको थियो । तर केही जिल्लाको क्षेत्रीय अधिवेशन हुन नसकेकाले प्रदेशको निर्वाचन महाधिवेशनपछि गर्ने निर्णय गरिएको  प्रदेश २ को महाधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले बताए ।

सर्लाही, महोत्तरी, रौतहट र वारामा क्षेत्रीय अधिवेशन हुन सकेको छैन । ‘हामीले समयमै क्षेत्रीय अधिवेशन सम्पन्न हुने विश्वास राखेका थियौं तर भएन’ निर्वाचन समितिका एक सदस्यले भने, ‘अब महाधिवेशनको समय पनि आइसकेको र जनकपुरधाममा विवाहपन्चमी महोत्सव शुरु भैसकेकाले अब प्रदेशको महाधिवेशन समयमा गर्न सकिन्न ।’

दुई दिन अझै प्रतीक्षा गर्न सकिन्थ्यो तर विवाहपञ्चमी शुरु भैसकेकाले सबै जना उतैतिर लाग्ने र २४ गते महाधिवेशन भएकाले अब त्यसपछि नै निर्वाचन गरिने निर्वाचन समितिका सदस्य प्रल्हाद गौतमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?