
२२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ‘सेल्स काउण्टर’ सञ्चालनमा ल्याएको छ । एयरलाइन्सको सेल्स काउण्टरबाट अब नेपाली कच्चा पदार्थबाट निर्माण भएका सामग्रीहरु खरीद गर्न सकिने भएको छ ।
सेल्स काउण्टरको उद्घाटन निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले गरेका छन् ।
नेपाल एयरलाइन्सले अन्य कार्यालयहरुमा समेत यस्तो सामग्री बिक्रीका लागि बिक्री कक्ष स्थापना गर्ने बताएको छ ।
बिक्री कक्षमा बाँस, घाँसजस्ता वस्तुबाट बनेका ढक्की, वालेट, पर्स, कम, टीम्याट, विमान चढ्दा प्रयोग हुने नेकपिलो तथा विमानका नमूना समेत किन्न पाइने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4