+
+
Shares

न्यूजिल्याण्डमा धुम्रपानमाथि व्यापक कडाइ, नयाँ पुस्ताले चुरोट किन्‍न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १४:१३

२३ मंसिर, काठमाडौं । न्यूजिल्याण्डले धुम्रपान निर्मूल पार्ने राष्ट्रिय लक्ष्य हासिलका लागि आगामी पुस्तालाई चुरोट एवं सूर्तीजन्य पदार्थ बिक्रीमाथि प्रतिबन्ध लगाउने भएको छ ।

बिहीबार न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयले धुम्रपानमाथि व्यापक कठाइ गर्ने घोषणा गरेको हो। सोही घोषणाअन्तर्गत एक कानुन ल्याएर नयाँ पुस्तालाई चुरोट एवं सूर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाउन लागेको बीबीसीले जनाएको छ ।

आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको एक कानुन अनुसार सन् २००८ पछि जन्मेका व्यक्तिले चुरोट वा सूर्तीजन्य पदार्थ किन्न सक्ने छैनन्। बिहीबारको घोषणामा सूर्तीजन्य पदार्थ नियन्त्रणका विभिन्न उपाय उल्लेख गरिएको छ ।

यसअन्तर्गत चुरोट बिक्री हुने स्थानको संख्या व्यापक घटाइने छ । चुरोट बिक्री हुने हालका ८ हजार स्थानलाई घटाएर ५ सय मा झारिने अधिकारीहरूले बताएका छन् । त्यस्तै सुपरमार्केट र कर्नर स्टोरमा चुरोट राख्न पाइने छैन।

स्वास्थ्य मन्त्री डा. आयशा भेरालले भनिन्, ‘युवापुस्ताले कहिल्यै धुम्रपान सुरु नगरुन् भनेर सुनिश्चित गर्न चाहन्छौं’। न्यूजिल्याण्डका चिकित्सक र स्वास्थ्य विज्ञले सूर्तीजन्य पदार्थसम्मको पहुँच सीमित पार्ने र चुरोटमा निकोटिन बन्देज गर्ने सरकारी कदमको स्वागत गरेका छन् ।

‘यसले मानिसलाई चुरोट छोड्न वा कम हानिकारक पदार्थ सेवन गर्न सघाउने छ’, ओटागो विश्वविद्यालयकी प्राध्यापक ज्यानेट हूकले बताइन्, ‘त्यस्तै, युवा पुस्ता निकोटिनको लतमा फँस्ने संभावना पनि कम हुन्छ ।’

न्यूजिल्याण्डले सन् २०२५ सम्म राष्ट्रिय धुम्रपान दरलाई ५ प्रतिशतमा घटाउने र अन्तत: निर्मूल पार्ने लक्ष्य राखेको छ । हाल त्यहाँका १३ प्रतिशत वयस्कले धुम्रपान गर्छन् । जुन दर एक दशकअघि १८ प्रतिशत थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २५ प्रतिशत क्यान्सर धुम्रपानका कारण हुने र धुम्रपान नै मृत्युको एउटा मुख्य कारण बन्दै आएको छ । बीबीसीबाट

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?