+
+

केपी ओली र माधव नेपाल एउटै मञ्चमा

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ मंसिर २४ गते १५:२२

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख दलका शीर्ष नेताहरु पनि पुगेका छन् ।

शुक्रबार भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी भएका छन् ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली भने अरु नेताहरु भन्दा ढिला पुगेका थिए । उनी मञ्चमा कांग्रेस सभापति शेरबहादुर देउवाको देब्रेपट्टिको सिटमा बसेका छन् । प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव लगायतका नेताहरु भने देउवाको दाहिनेपट्टि बसेका छन् ।

पार्टी विभाजनपछि ओली र नेपाल पहिलो पटक एउटै मञ्चमा बसेका हुन् । मंसिर १० गते एमालेको महाधिवेशनको उद्घाटन सत्रमा ओलीले माधव नेपाललाई निम्तो नै गरेनन् भने मंसिर १५ गते राप्रपाको महाधिवेशन उद्घाटनमा नेता नेपाल पुगे पनि ओली गएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?