
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका प्रभावशाली नेताहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत र बलबहादुर केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
उपसभापति पदको आकांक्षी रहेका उनीहरुले अन्तिममा खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
पौडेल समूहबाट शेखर कोइराला आधिकारिक उम्मेदवार बनेका छन् भने उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी उम्मेदवार बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4