
२६ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री एवं आइटम गर्ल नोरा फतेहीको चर्चा उनको हट अवतारका कारण हुने गरेको छ । चलचित्रमा आइटम नृत्य गरेर धमाका मच्चाइरहेकी नोरा सार्वजनिक कार्यक्रममा पनि खुलेका पहिरन लगाएर पुग्छिन् ।
उनले नृत्य गरेको ‘दिलबर’ बोलको गीतको रिमेक भर्सनले तहल्का नै पिट्यो । अहिले नोरा र गायक गुरु रन्धावाको गोवाको तस्वीर सामाजिक सञ्जालमा चर्चामा छ । पञ्जाबी गायक गुरुको ‘नाच मेरी रानी’को भिडियोमा नोराले काम गरेकी थिइन् ।
यसपछि यी दुईले एकअर्कासँग डेट गर्न थालेको चर्चा सामाजिक सञ्जालमा चलेको छ । तर, उनीहरु डेटमा रमाइरहेका थिए वा कुनै नयाँ भिडियोको छायांकनका लागि गोवा पुगेका थिए भन्ने खुलेको छैन ।
नोराले पछिल्लो रिलिज चलचित्र ‘सत्यमेव जयते २’मा समावेश ‘कुसु कुसु’मा नृत्य गरेकी थिइन् । उनले चलचित्र ‘भारत र भुजः द प्राइड अफ इण्डिया’मा काम गरिसकेकी छन् ।
प्रतिक्रिया 4