+
+

युट्युवमा अश्लील शीर्षक राखेर भिडियो प्रसारण गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १७:४८

२६ मंसिर, काठमाडौं । प्रहरीको साइबर ब्‍यूरोले युट्‍युब च्यानलमार्फत अश्लील शीर्षक राखी अश्लीलता झल्कने भिडियो प्रसारण गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

कालीकोटको साबिक नानिकोट गाविस वडा-९ हाल पचाल झरना गाउँपालिका-९ स्थायी ठेगाना भइ काठमाडौंको बुढानीलकण्ठ-९ मा बस्‍दै आएका २१ वर्षीय भरतबहादुर तिरुवालाई ब्‍यूरोले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्‍याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्‍यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?