
प्रतीकात्मक तस्वीर
२६ मंसिर, काठमाडौं । पाटन औद्योगिक क्षेत्रभित्र सञ्चालित राजधानी र संयुक्त डेरीको प्रशोधित दूध दूषित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
काठमाडौं उपत्यकामा प्रशोधित दूध वितरणमा यी दुवै उद्योगको राम्रो उपस्थिति रहेको छ ।विभागले दुवै डेरीविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायार गरेको विभागकी महानिर्देशक डा. मनिता जोशी वैद्यले जानकारी दिइन् । दुवै उद्योगलाई दूषित दूध उत्पादन र बिक्री गरेको आरोप छ ।
यस्तै भक्तपुरको कन्ट्री फुड प्रालि, मोर्डन डेरी, कालिका डेरी र जगदम्बा डेरीविरुद्ध पनि विभागले दूषित दही उत्पादन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4