+
+

जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते २०:००

काठमाडौं । नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई प्रोत्साहित गर्न नेपाली जिपप्रेमीहरुले ‘जिप क्लप नेपाल’ नामको सामाजिक समुदाय स्थापना गरेका छन् ।

काठमाडौंमा आयोजना गरिएको ‘जिपर्स मिटिङ २०२१’मा जिपका उत्साहीहरुले जिप क्लब नेपालको स्थापना गरेका हुन् । जिपप्रेमी सदस्यहरुले अफरोडिङबारे जानकारी आदनप्रदान गर्ने र नयाँ ट्रेल र अफरोड रुट पहिचान गर्नेछन् ।

‘जिप एसयूभीबारे अझ धेरै थाहा पाउन र यसको वास्तविक क्षमताको अनुभव गर्न हामी आउटडोर इभेन्टहरु आयोजना गर्नेछौं,’ जिप कम्पास ट्रेलहकधनी कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सौरभ कृष्ण मल्लले भने ।

त्यसैगरी, क्लबका अर्का सदस्य तथा एनसेलमा कार्यरत् सुदिप देवकोटाले जिप क्लबले अफरोड ड्राइभिङबारे ट्रेनिङ दिने, ट्रेलहरुको आयोजना गर्नुका साथै अन्य सामुदायिक क्रियाकलापहरु गर्ने बताए । ‘जिप क्लबले अफरोडिङबारे सिकाउने, सोसियल र एडभेन्चरस क्रियाकलाप गर्ने र पारिवारिक जमघटलाई प्रोत्साहित गर्नेछ’ उनले भने ।

नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफका सीईओ अनिश लामिछानेले जिप क्लबले नेपाली बजारमा जिपको ‘ब्रान्ड इमेज’ र ‘ओनरसिप एक्सपिरियन्स’लाई बलियो बनाउने बताए । ‘हामीलाई विश्वास छ जिप क्लबले हाम्रा ग्राहकलाई जिपको लेजेन्डरी क्यापाबिलिटीबारे बुझाउन मद्दत गर्नेछ र कस्टमर इन्गेजमेन्टलाई बृहत बनाउनेछ,’ जिपर्स मिटिङमा उनले भने ।

अन्तर्राष्ट्रिय स्तरमा जिप क्लबहरुको सुरुवात जिपको उपस्थिति सडकमा देखिएदेखि नै भएको थियो । दोस्रो विश्वयुद्धमा प्रयोग भएका जिपको क्षमताबाट प्रभावित पूर्वसैनिकले आफूले प्रयोग गरेका जिपलाई लिएर भेटघाट गर्ने र ट्रेलमा जाने थालेपछि जिप क्लब अस्तित्वमा आएको थियो । अहिले संसारमा हजारौं जिप क्लबहरु सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment