+
+

सेन्ट्रल जोन भलिबल : महिलामा ६ र पुरुषमा ५ टिमले प्रतिस्पर्धा गर्ने

राउण्ड रोविनका आधारमा खेल हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते ११:२२
नेपाली महिला भलिबल टिम ।

२७ मंसिर, काठमाडौं । यही डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स एण्ड वुमेन्स भलिबल च्यालेन्ज कपमा प्रतिस्पर्धा गर्ने टिमको टुङ्गो लागेको छ ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सिएभिए) को आइतबार बसेको अनलाइम मिटिङले महिलातर्फ ६ र पुरुषतर्फ ५ टिमले सहभागिता हुने निर्णय गरेको हो ।

महिलातर्फ आयोजक बंगलादेशसँगै नेपाल, माल्दिभ्स, श्रीलंका, कीर्गिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरुषतर्फ बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फ राउण्ड रोविनको आधारमा खेल हुने नेपाल भलिबल संघले जनाएको छ । जसबाट शीर्ष दुईमा रहने टिमले स्वर्ण पदकका लागि खेल्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टिमले कास्य पदकका लागि खेल्नेछन् ।

सन् २०१९ मा पहिलो पटक आयोजना भएको महिलातर्फ सेन्ट्रल जोनमा नेपाल च्याम्पियन बनेको थियो । पुरुषतर्फ भने पछिल्लो पटक २०१९ मै भएको पाँचौ संस्करणमा नेपाल पाँचौ भएको थियो ।

यस पटक नेपालको महिला टिमले उपाधि रक्षा गर्ने लक्ष्य बनाएको छ भने पुरुष टिमले पनि पदक छुने लक्ष्य बनाएको छ । आइतबारै नेपालको पुरुष र महिला टोली पनि घोषणा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?