+
+

ए डिभिजन लिगमा पाँचौदेखि नवौं चरणसम्मको खेल तालिका सार्वजनिक, तीन खेल पोखरामा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १४:०१

२७ मंसिर, काठमाडौं। दअखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौदेखि नवौ चरणसम्मको खेलतालिका सार्वजनिक गरेको छ ।

एन्फाले सोमबार सार्वजनिक गरेको खेलतालिका अनुसार तीन खेल पोखरा रंगशालमा हुनेछ । ३२ खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै हुनेछ । मनाङ मर्स्याङ्दी क्लबले खेल्ने पाँचौं, सातौं र आठौं चरणको खेल पोखरामा हुनेछ ।

मनाङले पाँचौं चरणमा नेपाल पुलिस क्लबसंग पुष ३ गते खेल्नेछ । यस्तै सातौं चरणमा ब्रिगेड ब्वाईजसंग पुष १७ र च्यासल युथ क्लबसंग पुष २४ मा पोखरामा हुनेछ।

मनाङ र मछिन्द्र फुटबल क्लबीच छैटौ चरणको खेल भने दशरथ रंगशालामै हुनेछ। मछिन्द्र र मनाङले ४ खेलबाट समान १० अंक जोडेका छन् । गोल अन्तरमा मछिन्द्र अघि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?