+
+

यी हुन् २०२१ मा सबैभन्दा धेरै रिट्वीट र लाइक्स पाएका ट्वीटहरु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १६:५४

२७ मंसिर, काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटर मनोरञ्जन जगतका सेलिब्रेटीदेखि नेताहरु, खेलाडि, पत्रकार तथा आम मानिस सम्मका लागि विचार अभिव्यक्तिको ससक्त माध्यम बनिरहेको छ ।

बित्दै गरेको वर्ष सन् २०२१ पनि ट्वीटरका लागि स्मरणीय रह्यो, किनकी यो वर्ष विश्वमा उथलपुथलकारी विभिन्न घटनाहरुको चर्चाले ट्वीटरमा तरंग मात्र ल्याएन ट्वीटरले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि नै प्रतिबन्ध लगायो । अमेरिकामा जो बाइडेन नयाँ राष्ट्रपति बनेको देखि अफगानिस्तानमा तालिवानको पुनरागमन र जारी कोभिड महामारी सम्मका विषयहरु ट्वीटरमा सर्वाधिक चर्चामा रहे ।

यसैबीच सन् २०२१ मा सबैभन्दा धेरै मन पराइएका तथा रिट्वीट गरिएका ट्वीटहरुको सूचि सार्वजनिक भएको छ ।

सन् २०२१ मा सर्वाधिक लाइक पाएको ट्वीट चाहीँ अमेरिकी राष्ट्रपति जो बाइडेनले ४६ औँ राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेसँगै सन् २०२१ को जनवरी २० मा गरेको एउटा ट्वीट बनेको छ ।

जम्मा २१ अक्षरको उक्त ट्वीट ४० लाख भन्दा धेरै जनाले लाइक गरेका छन् भने ४ लाख ८६ हजार पटक रिट्वीट भएको छ । उक्त ट्वीटमा लेखिएको थियो : It’s a new day in America.

स्मरण रहोस् बाइडेनले अमेरिकी राष्ट्रपतीय चुनावमा पूर्व राष्ट्रपति बाराक ओबामाले पाएको मतको रेकर्ड पनि भंग गरेका थिए । सन् २००८ मा ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५१६ भोट प्राप्त गरेकोमा बाइडेनले ८ करोड १२ लाख ८४ हजार भोट प्राप्त गरेका थिए । बाइडेनले ३०६ इलेक्टोरल भोट प्राप्त गरे, जबकि ट्रम्पले २३२ इलेक्टोरल भोट पाएका थिए ।

बाइडेनको ट्वीटपछि सन् २०२१ मा सर्वाधिक लाइक पाउने ट्वीटको दोश्रो स्थानमा दक्षिण कोरियाली पप संगीत समूह बिटिएसका सदस्य गायक तथा गीतकार जोंगकुकले गरेको ट्वीट रहेको छ । सेल्फी तथा चुम्बन गरेको अनुहारयुक्त इमोजी सहित जनवरी २५ मा गरिएको उक्त ट्वीटले हालसम्म ३२ लाख लाइक्स तथा ९ लाख ६० हजार भन्दा बढि रिट्वीट प्राप्त गरिसकेको छ ।

 

सर्वाधिक लाइक्स पाउने ट्वीटको तेश्रो स्थानमा भने ट्वीटरको आधिकारिक अकाउन्टबाट गरिएको ट्वीट परेको छ । अक्टोबर ४ मा गरिएको उक्त तीन शव्दको ट्वीटमा hello literally everyone मात्रै लेखिएको छ । सो ट्वीट हालसम्म ३३ लाखपटक लाइक गरिएको छ भने ५ लाख ८९ हजार भन्दा बढि पटक रिट्वीट गरिएको छ ।

त्यस्तै चौथो सर्वाधिक लाइक पाउने ट्वीट अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले जो बाइडेन नयाँ राष्ट्रपति निर्वाचित भएको सन्दर्भमा गरेको ट्वीट परेको छ भने पाँचौँमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको सोही सन्दर्भको ट्वीट परेको छ ।

ओबामाको जनवरी २० मा गरेको ट्वीटले २७ लाख लाइक्स पाएको छ ।

त्यस्तै कमला ह्यारिसले सोही दिन गरेको Ready to serve लेखेर गरेको ट्वीटले २२ लाख लाइक्स पाएको छ ।

सन् २०२१ मा सर्वाधिक रिट्वीट भएका ट्वीटहरुको सूचिमा चाहीँ सामाजिक आन्दोलनका बहसहरु परेका छन् ।

यो वर्ष सबैभन्दा धेरै रिट्वीट भएको ट्वीट चाहीँ दक्षिण कोरियाली पप संगीत समूह बिटिएसले एसियाली मूलका नागरिकमाथिको घृणा रोक्न माग गर्दै #StopAsianHate ह्यासट्याग सहित गरेको ट्वीट बनेको छ । मार्च ३० मा गरिएको यो सन्देशमूलक ट्वीट १० लाख पटक रिट्वीट गरिएको छ भने २५ लाखपटक लाइक गरिएको छ ।

त्यस्तै इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई क्लबम आबद्ध गर्दाका बखत गरेको ट्वीट सर्वाधिक पटक रिट्वीट गरिएको ट्वीटमा दोश्रो स्थानमा परेको छ ।

अगष्ट २७ मा गरिएको उक्त ट्वीट ५ लाख ९८ हजार पटक रिट्वीट गरिएको छ भने १९ लाख पटक लाइक गरिएको छ ।

सन् २०२१ मा सर्वाधिक लोकप्रिय ह्यासट्याग पनि #StopAsianHate नै बनेको छ । त्यस्तै ट्वीटरमा सर्वाधिक चर्चा गरिएको खेल क्लब म्यानचेष्टर युनाइटेड बनेको छ ।

सन् २०२१ मा ट्वीटरमा सर्वाधिक प्रयोग गरिएको इमोजीमा क्राइङ फेस (रोइरहेको अनुहार) इमोजी परेको छ । दोश्रो सर्वाीधक लोकप्रिय इमोजी चाहीँ face with tearsया वयथ अर्थात् खुसीका आँशु सहितको अनुहारयुक्त इमोजी बनेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?