+
+

प्रारम्भीक मतगणनामा देउवालाई अग्रता

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ मंसिर २८ गते ५:०५

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् ।

राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । २५० मत गणना गर्दा देउवाले १३२ मत पाएका छन्भने डा. शेखर कोइरालाले ८१ मत पाएका छन् । यस्तै  प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले एक मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?