
२८ मंसिर, काठमाडौं । सभापतिको दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।
त्यसअघि देउवा, निधिलाई भेट्न पुगेका थिए । बानेश्वरस्थित आफ्नै निवासमा भएको भेटमा निधिले देउवालाई समर्थन गर्ने बचन दिएका छन् ।
निधिलाई भेट्नुअघि देउवाले प्रकाशमान सिंहलाई भेटेका थिए । सिंहले पनि देउवालाई नै समर्थन गर्ने जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4