काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुन्दरप्रसाद कंडेल नियुक्त भएका छन् ।
सोमबार बसेको बैंक सञ्चालक समितिको ३८५औं बैंठकले कंडेललाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी बैंकको सेवाबाट अवकाश लिएका लिए । गौतमको अवकाशसँगै कंडेल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
बैंकिङ क्षेत्रको सेवामा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कंडेलको तीन दशकभन्दा लामो कार्य अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका कंडेल सिद्धार्थ बैंकमा विगत १६ वर्षदेखि कार्यरत छन् । कंडेलले सिद्धार्थ बैंकमा सेवा प्रारम्भ गर्नु अगाडि नबिल बैंकमा समेत करिब १७ वर्ष काम गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4