+
+

आमिरको ‘लाल सिंह चड्डा’ सय स्थानमा छायाँकन हुने पहिलो बलिउड फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १७:१७

२८ मंसिर, काठमाडौं । बलिउडका मिस्टर पर्फेक्सनिस्ट भनिने अभिनेता आमिर खान नयाँ चलचित्र ‘लाल सिंह चड्डा’ लिएर आउँदैछन् । बुहप्रतीक्षित बनेको यो चलचित्रले भारतका १०० स्थानमा छायाँकन गरेर नयाँ रेकर्ड समेत राखेको छ ।

यस्तै दुई सय दिनसम्म छायाँकन गरेर ‘लगान’पछि लामो समयसम्म छायाँकन गरिएको दोस्रो बलिउड चलचित्र बनेको छ ।

आमिर खान प्रोडक्सनको ब्यानरमा बनेको यो चलचित्रलाई अद्वेत चन्दनले निर्देशन गरेका छन् भने अभिनेत्री करिना कपूर पनि मुख्य भूमिकामा छिन् । यो चलचित्र ओस्कार विजेता हलिउड चलचित्र ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो ।

‘लाल सिंह चड्डा’मा भारतको पाँच दशकभन्दा बढीको इतिहासलाई देखाउने प्रयास गरिएको जनाइएको छ । देशमा घटेका विभिन्न राजनीतिक, सैनिक र भौगोलिक घटनाको पृष्ठभूमिमा आधारित कथामा एक सैनिकको अदम्य साहस र जीवनप्रति उसको अनुरागलाई देखाइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता तथा निर्माता आमिर खानले चलचित्र ‘लाल सिंह चड्डा’का लागि मानसिक रुपमा पनि निक्कै तयारी गर्नुपरेको थियो । यस्तै यो चलचित्रका लागि उनले शारीरिक रुपमा पनि बदलाव ल्याएका थिए ।

‘लाल सिंह चड्डा’ आगामी वर्षको वैशाखीमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?