
२८ मंसिर, धनगढी। कैलाली कारागारबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । सोमबार जिल्ला कारागारमा लागुऔषध मुद्दाकै अभियुक्तलाई भेट्न पुगेका युवकलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएका सिद्धार्थ बडेलालाई भेट्न गएका धनगढी उपमहानगरपालिका–४ का उत्तम सिंहलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।
उनको साथबाट एक सय ८० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । सिंहविरुद्ध लागुऔषध मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4