+
+

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना आजबाट

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते ७:१४

२९ मंसिर, काठमाडौं । बर्दिया-बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजबाट बाघ गणना सुरु हुँदैछ । बाघ गणना फागुन मसान्तमा सकिनेछ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले ठाकुरद्वारामा एक औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु गरिने जानकारी दिए ।

बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया-बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरी सात सय २२ गि्रडमा क्यामरा राखिने र प्राविधिकसहित ९८ जना जनशक्ति खटिने खटिने श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेड एस एल नेपालको संयुक्त पहलमा बाघ गणना थालिएको हो ।

हरेक चार वर्षमा बाघ गणना गरिन्छ । मंसिर १९ गतेदेखि चितवन-पर्सा कम्प्लेक्समा बाघ गणना सुरु भइसकेको छ । चितवन-पर्सा कम्प्लेक्समा बाघ गणना सकिएलगत्तै शुक्लाफाँटा कम्प्लेक्समा बाघ गणना सुरु गरिने निकुञ्जले जनाएको छ ।

सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर अर्थात् दुई सय ५० पर्याउने सरकारको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?