+
+

ओलीको आरोप : प्रचण्ड र नेपाल अस्थिरताका संवाहक हुन्

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १३:०२

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा दिएका छन् ।

नेपालमा अस्थिरता मचाउन खोज्ने नियन्त्रित शक्तिहरु सक्रिय रहेको र त्यसका सम्वाहक प्रचण्ड र नेपाल रहेको आरोप ओलीले लगाए ।

नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आज ललितपुरमा सम्बोधन गर्दै ओलीले भने, ‘नियन्त्रित अस्थिरताका सम्वाहक शक्तिहरु यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थिरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् । कुनै भ्रम राख्नु पर्दैन ।’

कतिपयले अझै पनि कम्युनिष्ट एकताको कुरा गरिरहेको भन्दै ओलीले भने, ‘त्यस्ताहरुसँग एकता ? अस्थिरताका शक्तिहरुसँग एकता गरेर कहिँ पुगिन्छ ? त्यो एकीकरण सम्भव नै छैन ।’

उनीहरुको सम्बन्ध कहाँ छ भन्ने कुरा आफूले राम्ररी चिनिसकेको ओलीले बताए । उनले भने, ‘हामीले राम्ररी चिनिसकेका छौं यिनीहरुको कनेक्सन कहाँ छ, तार कहाँ जोडिएको छ, कहाँबाट स्वीच अन अफ हुन्छ, त्यो हामीले देख्या छौं । छर्लङ्ग देख्या छौं ।’

‘प्रचण्ड मामुली कर्मचारी’

बार्गेनिङका लागि प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरु गरेको दाबीसमेत ओलीले गरे । प्रचण्ड एक ‘मामुली कर्मचारी’ भएको भन्दै उनले धोकापूर्ण ढंगले उनी महान नेताको रुपमा प्रस्तुत भएको समेत बताए ।

‘नेपालमा जनयुद्ध नामको गतिविधि सफल हुँदैनथ्यो किनभने त्यो सफल गर्न सुरु गरेकै होइन,’ ओलीले भने, ‘त्यो त बार्गेनिङको लागि लगाम आफ्नो हातमा राख्ने विधि हो ।’

त्रसित, अशान्त, अस्तव्यस्त बनाइदिने र आफ्नो दुनो सोझ्याउने नीति अन्तर्गत जनयुद्ध सुरु गरेको भन्दै उनले, के गर्न खोजिएको हो भन्ने कुरा जनताले बुझ्नै नसकेको बताए । उनले भने, ‘महान क्रान्तिको सेन्टिमेन्ट त्यतातिर लगियो, बुझ्न उनीहरुले सकेनन्, के गर्न खोजिदै छ र मामुली कर्मचारीहरु, मामुली पेड मान्छेहरु महान नेताको रुपमा प्रस्तुत भए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?