
२९ मंसिर, काठमाडौं। बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बुधबार भएको खेलमा नेपालले श्रीलंकलाई ६-० ले हराएको हो।
नेपालको फराकिलो जितमा रश्मि कुमारी घिसिङले २ गोल तथा सविता रानामगर, मेनुका आलेमगर, रजनी थोकर र सलोनी रानामगरले समान १ गोल गरिन् ।
नेपालले पहिलो खेलमा घरेलु टोली बंगलादेशसंग गोलरहित बराबरी खेलेको थियो । जितपछि नेपालले २ खेलबाट ४ अंक जोडेको छ।
उता श्रीलंकाको भने यो लगातार तेस्रो हार हो। तेस्रो हारपछि श्रीलंका अंकविहिन हुँदै पाँचौ स्थानमा छ। श्रीलंका यसअघि भुटान र भारतसंग पनि ६-० ले पराजित भएको थियो।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा सिंगल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ। लिगपछि शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4