
१ पुस, दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानका शिक्षाध्यक्ष रहेका डा. लामिछानेलाई अर्को उपकुलपति नियुक्त नहुँदासम्मका लागि कामकाज गर्ने गरी निमित्तको जिम्मेवारी दिएको हो।
चार वर्ष प्रतिष्ठानकी उपकुलपति रहेकी डा. संगीता भण्डारीको कार्यकाल मंसिर २६ गते सकिएको थियो ।
मन्त्रालयले यसअघि पटक-पटक विवादित बनेकी भण्डारीलाई मंसिर २४ गते अर्को उपकुलपति नियुक्त नभएसम्म जिम्मेवारी सम्हाल्न भन्दै गरेको निर्णयसमेत बदर गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4