+
+

पार्टीमा पुस्तान्तरण भएको छ, अब वैचारिक रुपान्तरण गर्नुपर्छ : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १८:४६

१ पुस, काठमाडौं । नेपाली का‌ंग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदीप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले पार्टीलाई सुदृढ र संगठित बनाइ अघि बढाउन सधैं साथ दिने बताए । नेपाली कांगे्रसमा पुस्तान्तरण भएको भन्दै पौडेलले वैचारिक रुपान्तरणका लागि विजयी पदाधिकारीहरुले नेतृत्व लिने विश्वास आफूले लिएको बताए ।

‘म उहाँहरुलाई सहयोग गर्ने, पार्टीलाई सुदृढ बनाउने, संगठित बनाउने र अगाडि बढाउने कुरामा सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । नेपाली कांगेसमा पुस्तान्तरण भएको छ । अब वैचारिक रुपान्तरणका निम्ति साथीहरुले प्रयास गर्नुहुनेछ नेतृत्व लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु’ उनले भने ।

नेता पौडेलले निर्वाचन परिणामले पार्टीभित्र पुरानो र नयाँ नेतृत्वको समिश्रण गराएको भन्दै पार्टीभित्र आमएकता निर्माण हुने परिस्थिति बन्छ भन्नेमा विश्वस्त भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?