+
+

ए डिभिजन लिगमा आजदेखि पाँचौ चरणका खेल

दुई अपराजित मछिन्द्र र संकटा तथा आर्मी र सातदोबाटो भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १३:०८

२ पुस, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि पाँचौ चरणका खेलहरु सुरु हुँदैछ । जसमा शुक्रबार दुई अपराजित टिम मछिन्द्र फुटबल क्लब र संकटा क्लब तथा अर्को अपराजित टिम त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाट युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अपराजित यात्रा कायम राख्ने लक्ष्य रहेको मछिन्द्र र संकटाबीचको खेल ४:४५ बजे दशरथ रंगशालमा सुरु हुनेछ। साविक विजेता समेत रहेको मछिन्द्र चार खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ ।

मछिन्द्रले ३ खेल जित्दा १ खेल बराबरी खेलेको छ । यस्तै दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको संकटा चौथो स्थानमा छ । उपाधि रक्षा गर्ने लक्ष्य राखेको मछिन्द्रले संकटा विरुद्धको खेललाई पनि उपाधि होडसँग जोडेर हेरेको छ ।

मछिन्द्रका प्रशिक्षक प्रबेश कटुवालले संकटासँग उत्कृष्ट खेल हुने बताए । ‘संकटा राम्रो गरिरहेको छ । अन्तिम खेल पुलिसलाई हरायो । अर्को खेलमा बराबर खेल्यो । उनले भने, ‘संकटासँग उत्कृष्ट खेल हुन्छ । लिग टाइटलको लागि खेल्नु छ । त्यसपछि हाम्रो खेल मनागसंग छ । संकटासंगको खेल हेरेपछि अर्को खेल हेर्छौसंकटा विरुद्ध जित्नैपर्नेछ ।’

यस्तै संकटाका प्रशिक्षक विष्णु गुरुङले हरेक खेलमा अंक जोड्ने रणनीति जस्तै मछिन्द्र विरुद्ध पनि त्यही रणनीतिमा खेल्ने बताए । ‘हामी तयार छौँ । शुक्रबार खेलेर सोमबार नै खेल्नुपर्दा रिकभरीङ्का लागि केही कम समय भएपनि खेलाडीहरु तयार छन् ।’ गुरुङले भने, ‘हरेक टिमसँग अंक लुज नगर्ने हाम्रो लक्ष्य छ ।’

उनले मछिन्द्र डिफेण्डिङ च्याम्पियन र राष्ट्रिय टिमका खेलाडीहरु रहेकोले त्यसलाई नजरअन्दाज नगरी खेल्ने बताए । ‘मछिन्द्र डिफेण्डिङ च्याम्पियन हो । हामी पनि अनबिटन टिम हौँ ।’ उनले भने, ‘नेशनल टिमको खेलाडी धेरै छ मछिन्द्रसँग। त्यसलाई नजरअन्दाज नगरी कसरी एउटा टिमको रुपमा खेल्ने भन्ने महत्वपूर्ण हुन्छ ।’ गुरुङले भने । हामी सकेसम्म ३ अंककै लागि खेल्छौँ नभएपनि १ अंक जोड्ने योजना हुनेछ ।’

यस्तै दिउँसो १ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी र सातदोबाटोबीच प्रतिस्पर्धा हुनेछ । आर्मी ४ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ । नवप्रवेशी सातदोबाटो ४ खेलबाट ७ अंकहसहित पाँचौ स्थानमा छ । सुरुवाती तीन खेलमा अपराजित सातदोबाटो पछिल्लो खेलमा एनआरटीसंग पराजित भएको थियो ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले सातदोबाटो अन्डर डग टिमको रुपमा देखिएकोले बलियो टिम रहेको बताए । उनले भने, ‘सातदोबाटो अन्डर डग टिम देखा परेको छ । स्ट्रोङ टिम हो । हामी लिग उपाधिका लागि तीन अंकका लागि अगाडि बढेका छौं। कमिकमजोर सुधार गर्दै तीन अंकको लागि खेल्छौ । सातदोबाटोले तीन खेल रामेओ खेल्यो । अन्तिम खेल राम्रो खेल्न सकेन ।’

एएफसी कप क्वालिफायर खेल्ने लक्ष्यसहित रहेको र त्यसका लागि अरु टिमले हार्नुपर्ने प्रशिक्षक न्यौपानेको भनाइ छ । सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले आर्मी बलियो टिम भएको भन्दै पछिल्लो खेलको कमजोरीलाई सुधार गर्दै ३ अंककै लागि खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?