+
+

इन्स्टाग्राममा नयाँ फिचर, अब स्टोरीको समयसीमा १५ सेकेण्ड नहुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १३:५९

काठमाडौं । सोसल मिडियाको यो युगमा फोटो शेयरिङ एप इन्स्टाग्राम ठूला सेलिब्रिटीदेखि आम युवा तथा किशोर किशोरीसम्ममा निकै लोकप्रिय छ । मेटा (फेसबुक) कम्पनी मातहको सोसल मिडिया एप इन्स्टाग्रामले प्रयोगकर्ताका लागि समय समयमा विभिन्न नयाँ–नयाँ फिचरहरु थप गर्ने गरेको छ र अब स्टोरी फिचरमा निकै महत्वपूर्ण परिवर्तन गर्दैछ ।

टर्कीका एक इन्स्टाग्राम प्रयोगकर्ताले सबैभन्दा पहिले इन्स्टाग्राममा यो नयाँ फिचर पत्ता लगाएका छन् जसमा स्टोरी अपलोड गर्दा १५ सेकेण्डको समयसीमा हटाइएको छ । समाचार अनुसार इन्स्टाग्रामले स्टोरीमा १५ सेकेण्डको समयसीमा हटाउने महत्वपूर्ण अपडेटको परीक्षण सुरु गरेको छ । इन्स्टाग्राममा स्टोरीको नयाँ समयसीमा ६० सेकेण्ड कायम गरिएको छ ।

अर्थात् अब प्रयोगकर्ताहरुले इन्स्टाग्राममा १ मिनेटसम्मको स्टोरी अपलोड गर्न सक्नेछन् । स्नापच्याट र टिकटकलाई टक्कर दिने उद्धेश्यले इन्स्टाग्रामले स्टोरीको समयसीमा वृद्धि गर्न लागेको बताइएको छ ।

अहिलेसम्म इन्स्टाग्राममा अपलोड गरिने कुनैपनि स्टोरी १५ सेकेण्डको हुने गरेको छ । यदि तपाईंले त्यसभन्दा लामो स्टोरी अपलोड गरेमा त्यो १५/१५ सेकेण्डमा बाँडिएर अपलोड हुन्छ ।

इन्स्टाग्रामको यो फिचर अहिले परीक्षणको चरणमा रहेको हुनाले आम प्रयोगकर्ताका लागि कहिलेदेखि सुरु हुने भन्ने जानकारी सार्वजनिक भएको छैन ।
–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?