+
+

गैरसरकारी संस्थाको माग अनुसार कानुन परिमार्जन गर्न सरकार तयार : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुको माग अनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १४:४६

२ पुस, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

उनले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पारे । गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरुमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको गृहमन्त्री खाँणको भनाइ थियो।

गृहमन्त्री खाँणले गैरसरकारी संस्थाहरुले कोरोना संकट, बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंशा गरे । उनले गैरसरकारी संस्थाहरुको माग अनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताए ।

गृहमन्त्री खाँणले भने, ‘गैरसरकारी संस्थाका सन्दर्भमा वा अन्य उद्योगी, व्यवसायी संस्था र कम्पनीहरुका लागि पनि सरकारले सहयोगी भूमिका निर्वाह गर्नेछ । तपाईहरुले काम गर्ने क्रममा सायद सुरक्षाको त्यति काम पर्दैन होला । आवश्यक पर्‍यो भने जिल्ला सुरक्षा निकायले तपाईहरुलाई सुरक्षा प्रदान गर्नेछ । मुलुकको निर्माण हामी सबैले मिलेर गर्ने हो । मुलुक विकासका लागि नियन्त्रित शासन प्रणालीबाट सम्भव छैन भन्ने कुरामा सरकार विश्वस्त छ । जनताको सहभागितमा मात्रै मुलुकको विकास र समृद्धि हुने हो ।’

गृहमन्त्री खाँणले जनताको व्यापक सहभागितमा मुलुकको विकास र समृद्धि हुने भएकाले सरकारले सोही अनुसार सहजीकरणको कामलाई अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?