+
+

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरीको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १५:२०

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीले अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार ४००० मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् । कूल ४६४४  मत खसेको छ ।

उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा.शेखर कोइराला पक्षका हुन् । थारु क्लष्टरबाट कांग्रेसका एकजना सहमहामन्त्री निर्वाचित हुनेछन्।

कांग्रेसका आठ सहमहामन्त्री पदमध्ये तीन क्लष्टर (महिला, दलित र आदिवासी जनजाती)को भने बिहीबारै नतिजा आइसकेको छ । जसमा महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलित सहमहामन्त्रीमा जीवन परियार र आदिवासी जनजाती सहमहामन्त्रीमा भिष्मराज आङदेम्बे निर्वाचित भइसकेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?