
२ पुस, काठमाडौं । चलचित्र ‘सिल्ली फोर’को छायांकन सकिएको छ । राजबहादुर सानेको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रको केही दिनदेखि नेपालगञ्जका विभिन्न स्थानमा छायांकन भइरहेको थियो ।
कमेडी जनराको यो चलचित्रमा केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता लामिछाने लगायतका कलाकारको अभिनय छ ।
नायिका केकीको शुक्रबार परेको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै छायांकन पनि सकेको निर्देशक सानेले जानकारी दिए । ह्याप्पी फिल्मको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता मनोज डीके हुन् । चलचित्रमा दिनेश रेग्मी, भूगोल कार्की र रमेश बजगाईं नवकलाकारको रुपमा देखिँदैछन् ।
विशाल श्रेष्ठ र सागर विष्ट सहनिर्माता रहेको चलचित्रमा रवि केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।
प्रतिक्रिया 4