+

हाफ म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

२०७८ पुष  ४ गते १२:२१ २०७८ पुष ४ गते १२:२१
हाफ म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

४ पुस, काठमाडौं । ‘रन फर प्रोटिन’ भन्ने नारासहित नेपाल भेटेरिनरी एशोसिएसनले आयोजना गरेको हाफ म्याराथनसहितका विभिन्न दौड प्रतियोगिता सम्पन्न भएका छन् ।

हाफ म्याराथन महिलातर्फ भक्तपुरकी सन्तोषी श्रेष्ठले एक घण्टा १४ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हाफ म्याराथन पुरुषतर्फ बागलुङका तीर्थ पुनले एक घण्टा तीन मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरी प्रथम स्थान हासिल गरे ।

१० किमी खुल्ला दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३० मिनेट, ५९ सकेन्डमा दौड पूरा गरेका थिए भने ५ किमी (महिला खुल्ला) दौड नेपाल पुलिस क्लबकी राजपूरा पछाईले २२ मिनेट ४१ सेकेन्ड मा पूरा गरी प्रथम स्थान हासिल गरिन् ।

पाँच किलोमिटर पुरुष स्कूल विद्यार्थीमा प्रकाश कठायतले २१ मिनेटमा दौड सम्पन्न गरी प्रथम भए भने तीन किलोमिटर महिला स्कूल विद्यार्थीमा बन्दना बुढाले १७ मिनेट ३१ सेकेन्डमा दौड सम्पन्न गरी प्रथम स्थान हासिल गरिन । ह्विल चेयर तर्फ प्रेम बहादुर विकले प्रथम स्थान हासिल गरेका थिए ।

हाफ म्याराथन, १० किमी खुल्ला, पाँच किमी महिला, पाँच किमी पुरुष स्कूल विद्यार्थी, तीन किमी महिला स्कूल विद्यार्थी र ह्विल चेयर विधामा प्रथम हुनेले क्रमश एक लाख, पचास हजार, तीस हजार, बीस हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन ।

प्रत्येक विधाका उत्कृष्ट ५ जना गरी ३५ जना विजेता धावकलाई कुल करबाहेक दश लाख पचास हजार रुपैया बराबरको नगद पुरस्कार, मेडल ट्रफि र प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

हाफम्याराथनसहित विभिन्न ७ विधाको दौड प्रतियोगितामा २१०० जना खेलाडी सहभागी भएका थिए ।

म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय