+
+

सेन्ट्रल जोनमा नेपालको पहिलो खेल महिलामा श्रीलंका र पुरुषमा उज्वेकिस्तानसँग

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १६:५२

४ पुस, काठमाडौं। बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसीप कपको खेल तालिका सार्वजनिक भएको छ ।

सेन्ट्रल जोनमा यस पटक महिला र पुरुषको प्रतियोगीता एकैपटक हुनेछ।

सार्वजनिक खेलतालिका अनुसार नेपालको महिला टिमले पहिलो खेल डिसेम्बर २३ मा श्रीलंकासँग खेल्नेछ।

यस्तै पुरुष टिमले पहिलो खेल सोही दिन उज्वेकिस्तानसंग खेल्नेछ। महिलातर्फ ६ र पुरुषतर्फ ५ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगीता राउण्ड रोविनका आधारमा खेलाइनेछ।

महिलातर्फ आयोजक बंगलादेशसहित नेपाल, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् भने पुरुषतर्फ बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्।

राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहेका दुई टोलीबीच फाइनल खेल हुनेछ । यस्तै लिगमा तेस्रो र चौथो हुने टिमबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?