+
+
Shares

सूर्य चिन्ह हाम्रो भइसकेको थियो, षड्यन्त्र गरेर ओलीलाई बचाइयो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १५:२२

५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । ओलीले आत्मसुरक्षाका लागि प्रतिनिधिसभा विघटन गर्ने प्रतिक्रान्तिकारी कदम चालेको र अहिले पनि प्रतिगमनकै बाटोमा रहेको उनको तर्क छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमत सदस्यहरुले ओलीलाई कारबाही गरेको सम्झिए । ‘यदि निर्वाचन आयोगले संविधान, ऐन र हिजोको नजिर अनुसार काम गरेको भए केपी ओली पार्टीविहीन हुने थिए । सूर्य चिन्ह हाम्रो भइसकेको थियो,’ उनले भने, ‘बबुरो पार्टीको रुपमा उनको स्थिति नाजुक हुने थियो । ठूलो षड्यन्त्र अनुसार उनलाई बचाइएको हो ।’

ओलीले पनि हार स्वीकार गरेर नयाँ पार्टी दर्ता गरेको तर, असंवैधानिक रुपमा निर्वाचनमा आयोगमा लगिएका मानिसहरुले उनलाई बचाइएको उनको दाबी छ ।

ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको उनको दाबी छ । संविधानको धारा ७६(५) मा ह्वीप लाग्दैन भन्ने अदालतको फैसला रहेको, सभामुखले १५ दिनभित्र लिनुपर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘तर माधव नेपाललाई देख्यो कि कार्यक्रममै नजाने गर्नु भएको छ । यो भन्दा अराजीतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र केही हुन्छ ?’

एमालेले अहिलेको गठबन्धन टुट्छ भने कांग्रेसलाई एकलौटी सरकार बनाउन दिने, एमसीसी पास गर्न सहयोग गर्ने जस्ता प्रस्ताव राखेको भन्दै प्रचण्डले यो पनि प्रतिगमनका लागि वातावरण बनाउने प्रयास भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कमजोर हुन नदिने विश्वास दिलाएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, गठबन्धनलाई अझ बलियो बनाएर निर्णायक ढंगले परास्त गर्ने गरी प्रस्तुत हुन्छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?