+
+

दाङमा साढे ५ हजार मेट्रिक टनले धान उत्पादन बढ्‍यो

जिल्लामा यसवर्ष एक लाख ७३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए । गतवर्ष दाङमा एक लाख ६७ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष पाँच हजार ६६० मेट्रिक टनले धान उत्पादन वृद्धि भएको लामिछानेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १४:२४
फाइल तस्वीर

८ पुस, दाङ । गत वर्षभन्दा यसवर्ष जिल्लामा धान उत्पादन वृद्धि भएको छ । बेमौसमी वर्षात्ले धानबालीमा क्षति पुर्‍याए पनि खेती हुने क्षेत्रफलमा वृद्धि हुनु र समयमै मनसुन सक्रिय हुँदा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

जिल्लामा यसवर्ष एक लाख ७३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए । गतवर्ष दाङमा एक लाख ६७ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष पाँच हजार ६६० मेट्रिक टनले धान उत्पादन वृद्धि भएको लामिछानेले बताए ।

‘यो वर्ष वर्षात् छिट्टै हुँदा सिँचाइ समयमै भयो’ उनले भने, ‘धान खेती हुने क्षेत्रफल बढ्दा धान उत्पादन पनि वृद्धि हुन पुग्यो ।’

दाङमा ३६ हजार हेक्टरमा धान खेती हुँदै आएको थियो । कोभिड संक्रमण सुरु भएयता भने ३९ हजार ४०० हेक्टर क्षेत्रफलमा धान खेती भएको कार्यालयको तथ्याङ्क छ । धान खेती हुने क्षेत्रफल बढेपछि धान उत्पादन वृद्धि भएको हो ।

कोभिड संक्रमणले लकडाउन भएर मानिसहरू फुर्सदिला हुँदा खेती हुने क्षेत्रफल बढेको ज्ञान केन्द्रका अर्थविज्ञ लामिछानेले बताए ।

‘लकडाउनमा मानिसहरू फुर्सदिलो हुँदा खेतबारीमा खेती गर्न पुगे’ उनले भने, ‘बाँझो भएका खेतहरूमा खेती भयो ।’ विदेशीएका जनशक्तिसमेत स्वदेश फर्किएर कृषिमै होमिएपछि उत्पादनमा बढेको उनको भनाइ छ ।

साढे २७ हजार मेट्रिक टन धानमा क्षति

बेमैसामी वर्षात्का कारण मुलुकका अन्य जिल्लासहित दाङमा २७ हजार ६६८ मेट्रिक टन धानमा क्षति भएको ज्ञान केन्द्रको तथ्यांक छ । कृषि ज्ञान केन्द्रका अनुसार वर्षात्को कारण यो वर्ष ४७८ हेक्टरमा लगाइएको धान बगाएको थियो भने ८ हजार ५२१ हेक्टरमा धान ढलेर क्षति पुगेको थियो ।

ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लाको दंशीशरण गाउँपालिकामा एक हजार १२३.५ हेक्टर, घोराही उपमहानगरपालिकामा एक हजार ९५८.८ हेक्टर, लमही नगरपालिकामा एक हजार ४३२ हेक्टर, बंगलाचुली गाउँपालिकामा एक हजार ७९ हेक्टर, शान्तिनगर गाउँपालिकामा ७६१.३ हेक्टर, बबई गाउँपालिकामा ५२.५ हेक्टर, तुलसीपुर उपमहानगरपालिकामा २७५ हेक्टरमा धान क्षति पुगेको थियो । त्यस्तै राप्ती गाउँपालिका ७१.८ हेक्टर र राजपुर गाउँपालिकामा ८७५.३ हेक्टरमा क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?