+
+
WC Series
पोखरा एभेन्जर्स 2025
127/4 (15.4)
VS
२६ बलमा ३९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

दाङमा जेनजीको प्रदर्शन- ‘सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ९:४१

२३ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजीले दाङको घोराहीमा पनि प्रदर्शन गरेका छन् ।

राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका युवाहरुले ‘सामाजिक सन्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’ लेखिएको ब्यानर बोकेका छन् ।

उनीहरुले भ्रष्टाचार र अव्यवस्था विरुद्ध लेखिएका विभिन्न प्लेकार्ड समेत बोकेका छन् ।

प्रदर्शनमा सहभागीहरुले बजार परिक्रमा गरेका छन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आज जेनजीले केन्द्रीय राजधानी काठमाडौंसहित ७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?