+
+

स्रोत नखुलेको १६ लाखसहित बाराबाट भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १८:१३

८ पुस, बारा । प्रहरीले स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीया रन्देश कुशवाहा रहेका छन् ।

बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकलमा सबार उनलाई कलैया उपमहानगरपालिका-१० मटिअर्वा नहर चोकबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?