+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एस्ट्राजेनेकाको बुस्टर डोज ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी भएको दावी

खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले उत्पादन गरेको कोभिड खोपको बुस्टर डोज कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी देखिएको दावी गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १८:५३

८ पुस, काठमाडौं । खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले उत्पादन गरेको कोभिड खोपको बुस्टर डोज कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी देखिएको दावी गरिएको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको ल्याबमा गरिएको अध्ययनबाट आफ्नो कोभिड खोप तेस्रो पटक वा बुस्टर डोज लगाउँदा नयाँ ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी हुने देखिएको एस्ट्राजेनेकाले दाबी गरेको हो ।

तेस्रो डोज ओमिक्रोनको हकमा समेत डेल्टा भेरियन्ट जत्तिकै प्रभावकारी हुने कम्पनीको भनाइ छ । एस्ट्राजेनेकाको बुस्टर डोज लगाएपछि वृद्धि हुने एन्टिबडीको मात्रा कोभिड-१९ संक्रमणबाट निको भएपछि बढ्नेभन्दा बढी हुने रोयटर्सले जनाएको छ । तर अक्सफोर्ड विश्वविद्यायमा गरिएको अध्ययनको स्वतन्त्र विश्लेषण (पीअर रिभ्यू) हुन भने बाँकी छ ।

अर्को खोप निर्माता कम्पनी मोडर्नालेसमेत नयाँ ओमिक्रोन भेरियन्टविरुद्ध आफ्नो कोभिड खोपको बुस्टर डोज निकै प्रभावकारी भएको बताइसकेको छ ।
मोडर्नाले प्रारम्भिक तथ्यबाट मोडर्ना खोपको बुस्टर डोज ओमिक्रोनविरुद्ध निकै प्रभावकारी देखिएको बताएको हो।

कम्पनीले सोमबार सार्वजनिक गरेको ल्याब परीक्षणको नतिजाअनुसार हाल अनुमति पाएको ५० माइक्रोग्रामको तेस्रो डोज लगाएपछि ओमिक्रोनविरुद्ध एन्टिबडीको मात्रा झण्डै ३७ प्रतिशतले बढ्छ । त्यस्तै, १०० माइक्रोग्रामको पूर्ण डोज लगाएपछि एन्टिबडीको मात्रा ८३ प्रतिशतले बढ्ने ल्याब परीक्षणले देखाएको छ ।

यसै महिना फाइजरले आफ्नो बुस्टर डोज लगाएपछि ओमिक्रोन भेरियन्टविरुद्ध एन्टिबडीको मात्रा २५ प्रतिशतले बढ्ने बताएको थियो । मोडर्नाले फाइजरको उक्त घोषणापछि आफ्नो ल्याब परीक्षणको नतिजा सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?