८ पुस, काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपको पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसंग सोझो सेटमा पराजित भएको छ ।
बिहीबार बंगलादेशसंग ३-० को सेटमा पराजित हुँदै नेपाल हारबाट प्रतियोगिता सुरु गरेको छ । घरेलु टोली बंगलादेशले विजयी सुरुवात गर्ने क्रममा नेपाललाई २५-१७, २५-१७, २५-१९ ले सहजै हरायो ।
तीनवटै सेटमा बंगलादेशले नेपाल विरुद्ध सुरुवात देखि नै अग्रता लिँदै खेलमा दबाब बनाएको थियो ।
नेपालले दोस्रो खेल शुक्रबार उज्वेकिस्तानसंग खेल्नेछ । बिहीबारै भएको महिलातर्फको प्रतियोगितामा भने साविक विजेता नेपालले श्रीलंकालाई ३-२ ले हराएर विजयी सुरुवात गरेको छ ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्र सहभागी छन् ।
प्रतिक्रिया 4