+
+

बिमा समितिको सञ्चालकमा अर्थमन्त्रीका नातेदार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १८:१०

९ पुस, काठमाडौं । सरकारले नियमनकारी निकाय बिमा समितिको दुई सञ्चालक नियुक्त गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले शोभाकान्त पौडेल र सन्तोष रिजाललाई सञ्चालक समिति सदस्य नियुक्त गरेको हो ।

पौडेल आन्तरिक राजश्व विभागका महानिर्देशक हुन् । बिमा गरेका व्यक्ति (बिमित)हरुको तर्फबाट नियुक्त भएका रिजाल अर्थमन्त्री जनार्दन शर्माका नातेदार हुन् ।

जोसुकै बिमितलाई नियुक्त गर्न पाउने व्यवस्था भएकाले बिमा गरेका व्यक्तिको तर्फबाटअर्थमन्त्रीले नातेदार लगेका हुन् । रिजाल अध्यापन पेशामा रहेका छन् ।

बिमा समिति बिमा क्षेत्रको सर्वोच्च निकाय हो । बिमा कम्पनीहरुको नियमन तथा सुपरीवेक्षणको अधिकार भएकाले बिमा समिति सरकारी नियुक्तिका लागि आकर्षक निकाय मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?